२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमणलाई जितेर जुम्लाका १८ जना घर फर्किए

कोरोना संक्रमणलाई जितेर जुम्लाका १८ जना घर फर्किए


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कोरोना संक्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुन पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावलले बताए ।

प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्केदै गरेका नागरिकलाई तीन हप्ता होम क्वारेन्टिनमा बस्न सुझाए । उनले भने “घरमा सामाजिक दुरी कायम गर्नु । चुरोट र रक्सी बाहेक अरु खानेकुरा बार्न पर्दैन ।” आफु सचेत हुन आवश्यक छ । प्रतिरोधात्मक क्षमता बढाउने किसिमका गतिविधि गर्न आवश्यक भएकाले यसलाई पनि ध्यान दिन चिकित्सक गुरुङले सुझाब दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने “तपाईहरुका साहसले अरुको साहस बड्ने छ । अहिले जुम्लाबाट खुशीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्ने सक्ने क्षमता पैदा भएको छ ।”

प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकहरुको सुझाबलाई मनन गर्दै तीन हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गरे । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेतीकरण गर्न उनले सुझाए ।

जुम्लाबाट पहिलो पटक कोरोना भाइरसलाई जितेर घर फर्दै गरेका नागरिकलाई विदाई गर्न प्रमुख जिल्ला अधिकारी थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, प्रतिष्ठानका रजिष्ट्रटार विश्वराज काफ्ले, अस्पताल निर्देशक चिकित्सक मंगल रावल र पत्रकारहरुको टोली विदाई कार्यक्रममा उपस्थिति भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ