२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा ४२७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

मुगुमा ४२७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ


मुगु – मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । मुगुका ३ स्थानिय तहमा रहेका क्वारेन्टाइनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला गएको बुधबार परीक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको हो ।

कार्यालयकाअनुसार छिमेकी देश भारत तथा तेस्रो मुलुक बाट र अध्यान अध्यापन गर्न जिल्लाभन्दा बाहिर गएका व्यत्तिहरुको स्वाव संकलन गरी प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ