२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो


जुम्ला – कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ । शुक्रबार पृष्टि भएका थप ८३ जनासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको हो । बिहीबारसम्म ७ सय ६३ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो । शुक्रबार पृष्टि भएका थप ८३ जनासँगै कुल संक्रमितको संख्या ८ सय ४६ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जना गरी थप ८३ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

उनीहरु सबैको पीसीआर परीक्षण कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो । कर्णालीमा सबैभन्दा बढी दैलेखमा ४ सय ७२ तथा सबैभन्दा कम हुम्ला र डोल्पामा १-१ र मुगुका २ जनालाई कोरोना संक्रमण पृष्टि भएको छ ।

कर्णालीका १० मध्य अन्य सबै जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । त्यहाँका स्थानीयमा हालसम्म कोरोना संक्रमण भेटिएको छैन । कोरोना भाइरस संक्रमणबाट अन्य जिल्लाको तुलनामा रुकुमपश्चिमका नागरिक सुरक्षित देखिएका हुन् ।

कर्णालीमा पृष्टि भएको कोरोना संक्रमितमा सल्यानका १ सय ३७, सुर्खेतका १ सय ५७, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २८ र अन्य प्रदेशका १६ जना रहेका छन् । कर्णालीमा कोरोना जीत्नेको संख्या ८२ पुगेको छ भने कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् । शुक्रबार दैलेख अस्पतालको आइसोलेसनमा रहेका २२ जनाले कोरोना जीतेर घर फर्किएपछि जम्मा निको हुनेको संख्या ८२ पुगेको हो । कर्णालीमा झण्डै १२ हजार बढीको पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ