२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमानसिक तनावबाट मुक्त गराउने उद्देश्यले क्वारेन्टाइनमा बसेकाहरूलाई काउन्सिलिङ

मानसिक तनावबाट मुक्त गराउने उद्देश्यले क्वारेन्टाइनमा बसेकाहरूलाई काउन्सिलिङ


सुर्खेत — मुलुकमा कोरोना संक्रमण फैलन नदिन स्थानीय सरकारले बाहिरबाट आएका र शंकास्पद बिरामीलाई राख्न बनाएका क्वारेन्टाइनहरू नाम मात्रैका छन् । अधिकांश ठाउँमा विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ ।

क्वारेन्टाइनको अस्तव्यस्तताले संक्रमण रोक्ने भन्दा पनि झनै फैलने खतरा बढाएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरु अहिले स्थानीय तह तथा राज्यले उपलब्ध गराएको क्वारेन्टाइनमा बसिरहेका छन् । तर त्यस्ता क्वारेन्टाइनमा बस्दा धेरैलाई मानसिक समस्याहरु देखिएका कुरा सञ्चार माध्यममा आइरहेका छन् ।

कतिपय ठाउँमा खानेपानी, सरसफाइ र शौचालय छैनन् । विद्यालयका डेस्क–बेन्च जोडेर सुत्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मी बस्दैनन् । कोही बिरामी परिहाले एम्बुलेन्स कुर्दाकुर्दै ज्यान जाने अवस्था छ । सरकारी तथ्याङ्क अनुसार लकडाउनयता भारतबाट मात्रै ४२ हजार ४ सय ३२ बढी नागरिक कर्णाली भित्रिएका छन् । अब कर्णालीका करिव ४४ हजार नागरिक भारत लगाएत अन्य मुलुकबाट भित्रिने अनुमान गरिएको छ ।

यतिबेला भारत लगाएत तेस्रोमुलुकबाट फर्किरहेका, क्वारेन्टाइन बसिरहेका, आइसोलेसनमा रहेर कोरोना संक्रमणसँग जुधिरहेका र निको भएर घर फर्किएका तथा संक्रमणको जोखिममा रहेकाहरू कोरोना त्राससँगै अन्य थुप्रै मानसिक तनाव झेलिरहेका छन् । ११ दिन अघि यूकेबाट फर्किएका र हाल सुर्खेत घण्टा घर स्थित क्वारेन्टाइनमा बस्दै आएका सिमकोट गाउ पालिका ८ हुम्लाका नवराज बुढाले घर नजिक पुगेर पनि घर जान नपाउनुको पीडा ब्यक्त गरे ।

योसँगै क्वारेन्टाइन व्यवस्थित नहुँदा त्यहीं संक्रमण फैलने हो कि भन्ने त्रास रहेको बताए । पानि र शौचालएको राम्रो ब्यबस्था छैन, पहिले पनि यहाँ बाहिरबाट आएका ब्यक्तिहरुलाई राखिएको थियो । यहि ठाउँमा हामि पनि बस्नुपर्दा पहिलेकाले कोरोना छोडेका छन् की भन्ने मनमा डर लाग्छ । उनि जस्तै मनमा डर र त्रास बोकेर क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई मनोविमर्श कक्षा सञ्चालन गरेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल शाखा कार्यालय, सुर्खेतका मनोविद राजेश कुमार झाले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगर, सिम्ता, बराहाताल, भेरिगंगा, लगाएतका स्थानमा रहेका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका ब्यक्तिहरुलाई काउन्सिलिङ गरिएको उनको भनाई छ । ‘क्वारेन्टाइनमा बसेकाहरूमा तनाव र आक्रोश देखिने गरेकाले मनोविमर्शका कक्षाहरू सञ्चालन गरिएको हो ।,  ‘उनले भने ।

दैलेखको दूल्लू नगरपालिकाले पनि आइसोलेसनमा उपचारत कोराना संक्रमितलाई योगा गराउने र काउन्सिलिङ गर्ने गरिहेको जनाएको छ । नगरपालिका र आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्शसहितको योगा गराउने गरिएको हो । योगा र काउन्सिलिङले रोगसँग लड्ने क्षमता बढाउनुका साथै मानसिक तनावबाट मुक्त गराउने भएकाले क्वारेन्टाइन तथा आइसोलेसनमा रहेकाहरूलाई

मनोविमर्श, आयुर्वेदिक औषधि र योगाको प्रयोग गर्न थालिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए। यसका साथै प्रदेश आयुर्वेद औषधालय सुर्खेतले वीरेन्द्रनगरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएका संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गर्नुका साथै ध्यान तथा यौगा अभ्यास गराई रहेको छ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धिसँगै संक्रमण रोक्न आयुर्वेद औषधी वितरण गर्नुकासाथै जिल्लामा रहेको सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी नि:शुल्क वितरण गरिरहेको गरिएको प्रदेश आयुर्वेद औषधालयका वैद्य निरिक्षक दिपेन्द्र कँडेलले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ