२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग

कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग


काठमाडौ–कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था स्थापना गर्नको लागि गरीएको निर्णयलाइ नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कणाली प्रदेशले स्वागत गरेको छ ।

सामाजिक विजकास मन्त्रालयले आर्थीक वर्ष २०७७÷०७८ को स्थानीय तहको बजेट तथा निती कार्यक्रममा सो कार्यक्रमलाइ अनिवाई समावेस गर्न अनुरोध गर्दै पत्रचार गरेको थियोे ।

सो निर्णयलाइ समाजले विज्ञप्ती जारी गरी चाडो कार्यन्वयनमा लैजान समेत आग्रह गरेको छ । समाजका अध्यक्ष दिपेन्द्र कर्णेल र सचिव छविलाल खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कर्णाली प्रदेश जडिबुटीको हिसाबले सबेभन्दा बढि धनी प्रदेशको रुपमा रहेको र यहाँ आयुर्वेद तथा वैकल्पिक स्वास्थ्यको प्रशस्त सम्भावना भएको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको संविधानमा संघ, प्रदेश र स्थानिय तहबीचको अधिकार क्षेत्र बाँडपाडमा स्थानिय तहको अधिकारहरुमा आधारभूत स्वास्थ्य तथा सरसफाई समेत पर्ने उल्लेख गर्दै आधारभुत स्वास्थ्य अन्र्तगत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा समेत पर्ने कुरा अवगत गराएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ