२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमहामारीसँग लड्दै रोजगारीका अवसर दिएर अघि बढ्ने प्रतिबद्दता

महामारीसँग लड्दै रोजगारीका अवसर दिएर अघि बढ्ने प्रतिबद्दता


सल्यान – सल्यानको दार्मा गाउपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा महामारी र रोजगारी प्राथामिकतामा परेको जनाएको छ । ‘रोकौँ महामारी, उठाऔँ पूर्वाधार, बढाऔँ उत्पादन, बनौँ स्वरोजगार’ भन्ने मुल नाराका साथ गाउपालिकाले ल्याएको आगामी  निति तथा कार्यक्रममा कोरोना भाइरसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्था गर्दै महामारीबाट जनतालाई सुरक्षित राख्ने उल्लेख गरिएको हो ।

गाउपालिकाले सोमबार गाँउसभामार्फत आगामी आव २०७७-०७८ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नागरिकलाई सुरक्षित साथ राख्न स्थानिय स्तरमा मनोसामाजिक परामर्श सहित घरेलु उपचार पद्धतीलाई प्राथामिकता दिइने जनाएको छ ।

गाउसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष निम बहादुर केसीले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने बताए । जसका लागि पालिका स्तरमा एक सुविधायुक्त अस्पताल बनाइने छ । शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा मासिक रुपमा एक दिन विद्यालयमा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिने छ । सडक, विद्युक्त, खानेपानी, सिँचाइलाई पनि जनसहभागीतामा अगाडी बढाइने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, सामाजिक कुरिती र कु-संस्कारको अन्त्य समन्नुत समाज निर्माणमा जोड दिइने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ