२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुको क्वारेन्टाइनमा बसेकालाई राहत वितरण

मुगुको क्वारेन्टाइनमा बसेकालाई राहत वितरण


मुगु – मुगुको क्वारेन्टाइनमा बसेकाहरुलाई सरसफाई लगायत खाने सामग्री सहयोग गरिएको छ । मुगु जिल्लाको सोरुगाउपालिका र मुगुम कार्मारोङ गाँउपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा बसेकाहरुलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले सरसफाइको सामाग्री साथै बिहान दिउँसो खाने खाजा नास्ता सहयोग गरेको हो ।

पहिलो चरणमा सोरु गाँउपालिकाको युवा वर्ष आधारभुत विद्यालयका १ सय २४ मुगुम कार्मारोङ गाँउपालिका छाँयाल, बुद्ध माबि माग्री, ढुङ्गेधारा, मह, पुलु र सिरानीचौरका क्वारेन्टाइनमा बसेका ८६ जनालाई सेनीटाइजर, माक्स, साबुन, ब्रस मन्जनका साथै बिहान बेलुकीको खाजा नास्ताको लागि चिउरा,  बिस्कुट, अण्डा वितरण गरिएको छ ।

क्वारेन्टाइनमा बसेको अवधिमा गाँउपालिकाले बिहान-बेलुकाका लागि खाना उपलब्ध गराएको पनी खाजा नास्ता नपाएको मुगुम कार्मारोङ—८ का च्यावा तामाङले बताए ।

सरसफाईका समाग्री समेत गाँउपालिकाले उपलब्ध नगरेका बेला विदेशमा बस्ने नेपालीहरुले पठाएको रकमबाट सरसफाईका सामाग्री गरिद गरी जिल्ला स्थित संचारकर्मि सहतिको टोली क्वारेन्टाइन स्थलमै पुगेर उक्त सामाग्री वितरण गरेको हो।

लक डाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका छाँयानाथ रारा नगरपालिकाका ५६ जना अति अपाङ्ग, असाय, तथा विपन्नलाई १ लाख ७ हजार ८ सय ७५ मुल्य बराबरको खाद्यन्न समेत सहयोग ‘स्टोरिज अफ नेपाल’ समुदायले सहयोग गरेको थियो। पुन दोस्रो पटक क्वारेन्टाइनमा बसेका २ सय ५० जनालाई २ लाख ६५ हजार ७ सय २० रकम बराबरको सरसफाइका सामाग्री तथा विहान बेलुकाको लागि खाजा नास्ता सहयोग गरिएको स्टोरिज अफ नेपाल समुदायका जय पौडेलले जानकारी दिएका छन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ