२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसामाजिक दुरी कायम गर्दै व्यवसाय सुरु गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह

सामाजिक दुरी कायम गर्दै व्यवसाय सुरु गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह


सुर्खेत –  कोभिड-१९ संक्रमणको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्दै व्यवसाय सुरुगर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न निर्देशन दिएको हो ।

सामाजिक दुरी कायम गर्दै उद्योग व्यवसाय र व्यापारीहरुलाई पसल खोल्न निर्देशन दिएको छ । फलफुल, तरकारी, दुध, ग्याँस, औषधी पसल जस्ता अत्यावश्यक सेवा बाहेकका पसलहरु शनिवार बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

लकडाउन खुकुलो भएपछि व्यापारिक क्षेत्रमा भीडभाड धेरै बढेको भन्दै प्रशासनले होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु, सैलुन तथा ब्युटीपार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको समेत जनाइएको छ ।

कालो बजारी रोक्नका लागि सबै पसलमा मुल्यसूची टाँस गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । यसका साथै सवारी साधन सञ्चालनको सम्बन्धमा जोर विजोर प्रर्णाली लागु गरी तीन पाङग्रे सवारी साधन पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

त्यस्तै, प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा कोरोना नियन्त्रण समित बनाई हप्ता हप्तामा सचेतना कार्यक्रम गर्ने भएको समेत जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ