२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना अपडेट : कर्णालीका ११७८ संक्रमित निको भए, ३०५ जना आइसोलेसनमा

कोरोना अपडेट : कर्णालीका ११७८ संक्रमित निको भए, ३०५ जना आइसोलेसनमा


जुम्ला – कर्णाली प्रदेशमा निको हुने संक्रमितको संख्या एक हजार १ सय ७८ पुगेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सख्या एक हजार १ सय ७८ पुगेको हो  ।

यता, आइसोलेसनमा ३०५ सङ्क्रमित उपचाररत छन् । धेरै संक्रमित निको भएसँगै आइसोलेसनमा रहेको व्यक्तिहरुको मनोवल पनि बढेको छ । कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिलेसम्म लक्षण भने नदेखिएको उनले बताए ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमितको संख्या भने एक हजार ४ सय८३ पुगेको छ । जसमध्ये १०५ जना स्थानीय  संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमित स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् ।

अधिकृत कँडेलले भने, ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएकोमा  धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।’ कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ