२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमास्क नलागउने १८९ जना पक्राउ

मास्क नलागउने १८९ जना पक्राउ


बारा -देशभर कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै असुरक्षित तरिकाले हिँडढुल गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । बारामा मास्क नलाई हिँडडुल गर्ने १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय सञ्चालन गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवलदार हर्क श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयले लकडाउन सुरु भएसँगै कोरोना भाइरस महामारीमा माक्स प्रयोग र सामाजिक दुरी कायमलगायत पटकपटक नागरिकलाई जनचेतना दिँदै आएको थियो । तर नागरिकले अटेर गर्न थालेपछि थप कडाइ गरिएको हो । उनका अनुसार शनिबार १ सय ४२ जनालाई प्रहरीले प्रक्राउ गरेको थियो भने आइतबार थप ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसका साथै ६ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरी हवल्दार श्रेष्ठिले जनाएका छन् । पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रुसमेत रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालयमार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवानापश्चात् छाडिने बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ