२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना कहर : प्रशासनमा पेडल वासिङ (हातधुने) सेवा सुचारु

कोरोना कहर : प्रशासनमा पेडल वासिङ (हातधुने) सेवा सुचारु


जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लामा पेडल वासिङ सेवा सुचारु गरिएको छ । प्रशासनमा भिडभाड र जनसम्पर्क बढि हुने कार्यालय भएकोले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सहज होस भन्ने उद्देश्यका साथ पेडल वासिङ्ग सेवा सुचारु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मेसिनबाट हात धोएर मेसिन सञ्चालनमा ल्याएका हुन् । डिभिजन वन कार्यालय जुम्लाले फोहोर व्यवस्थापन खर्च अन्र्तगत जिल्लाका पाँच वटा कार्यालयमा यो मेसिन उपलब्ध गराएको हो । पहिले ट्यांकी र वाल्टीन राखेर काम चलिरहेकोमा अहिले खुट्टाले थिचेर हात धुने मेसिन राखिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिभिजन वन कार्यालयमा पेडल वासिङ स्टयाण्ड उपलब्ध गराएको हो । यो मेसिनबाट हातधुन सहज हुने भएको छ । साथै कार्यालयको सरसफाई क्रियाकलापमा टेवा पुग्ने विश्वास गरिएको छ । मेसिनबाट प्रमुख जिल्ला अधिकारी थापा, प्रहरी नायव उपरिक्षक लालबहादुर धामी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले हात धोएका थिए ।

जुम्लासम्म आइपुग्दा यो मेसिनको मुल्य २० हजार १ सय १३ रुपैयाँ परेको छ । प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न विधि अपनाइरहेको बताए । उनले भने, ‘सरकारी संयन्त्र कोरोना संक्रमण हुन नदिनको लागि परेको छ ।’

न्युनतम सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गर्न यहाँका सरकारी कार्यालय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले भिडभाड र जनसम्पर्क बढि हुने कार्यालयमा यो मेसिन प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए । डिभिजन वन कार्यालय जुम्लाले योे मेसिनसँगै स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख दिनेश जंग खत्रीले बताए ।

‘यो नमुनाको लागि जनसम्पर्क बढि हुने कार्यालयमा राखिएको हो । अब यो मेसिन सबै कार्यालय संस्था र निकायमा राख्न जरुरी छ ।’ ,उनले भने, ‘कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजरको र साबुनपानीले नियमित हातधुन आवश्यक छ । त्यही अवस्थालाई मध्येनजर गर्दै यो मेसिन ल्याइएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ