२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा १४ जना कोरोना संक्रमित थपिए, २८ जना डिस्चार्ज

कर्णालीमा १४ जना कोरोना संक्रमित थपिए, २८ जना डिस्चार्ज


सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १४ जनामा कोरोना देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परिक्षणमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित हुनेहरु मध्ये १२ जना सुर्खेतका र २ जना सल्यानका रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १५ सय ३० पुगेको छ ।

यसकासाथै पछिल्लो २४ घण्टामा कर्णालीमा २८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनाराण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट २ जना, चिङ्गाड आइसोलेसन सुर्खेतबाट ९ जना, दुल्लु अस्पताल दैलेखबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन ।

यस्तै, भगवतीमाई आइसोलेसन सेन्टर दैलेखबाट ८ जना, नौमुले आइसोलेसन दैलेखबाट १ जना, सान्नित्रिवेणी आइसोलेसन सेन्टर कालिकोटबाट ५ जना र रास्कोट आइसोलेसन सेन्टर कालिकोटबाट १ जना गरी २८ जना उपचार पछि डिस्चार्ज भएका हुन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ