२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली दिगो विकास प्रतिष्ठानद्वारा लकडाउन प्रभावितलाई राहत वितरण

कर्णाली दिगो विकास प्रतिष्ठानद्वारा लकडाउन प्रभावितलाई राहत वितरण


जुम्ला – कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) जुम्लाले यहाँका एक हजार २५ घरधुरीमा राहत वितरण गरेको छ । कोरोना माहामारीले आम्दानी र उत्पादन घटेका लकडाउन प्रभावितलाई राहत वितरण गरेको हो ।

काष्डाले वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा जुम्ला जिल्लामा रहेका विपन्न घरपरिवारलाई राहत वितरण गरिएको परियोजना संयोजक भेषबहादुर रावलले बताए ।  उनका अनुसार राहत प्याकेजमा नेपाल सरकारको मापदण्ड अनुसार प्रति घर ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ किलो नुन, २ लिटर तेल र ४ चक्की सावुन वितरण गरिएको छ ।

’राहतका लागि सम्बन्धित वडा कार्यलयसँगको समन्वयमा लाभग्राही छनौट गरिएको थियो, ’परियोजना संयोजक रावलले भने, ’प्रत्येकको युनिक आइडी सिस्टम क्रियट गरी मोबाइलफोन मार्फत एसएमएस गरेर सिस्टमले ओके गरेपछि मात्र लाभग्राहीले राहत पाउने व्यवस्था गरिएको थियो ।’

त्यस्तै, कोभिड–१९लाई लक्षित गरी सञ्चालित नेपाल कभर परियोजनाले जिल्लाका विभिन्न क्षेत्रका ६ सय ६० जनालाई तरकारीको बीउ र हजारी वितरण गरेको छ । बीउमा काक्रो, रायो, मुला र धनियाँ रहेको छ । सहयोगकै क्रममा ४० घरलाई जिविका पार्जनका लागि विभिन्न व्यवसायमा सहयोग पुग्ने खालका सामग्रीहरु डिजिटल तौल मेसिन, आलुचिप्स बनाउने मेसिन, जुस र मेसिन, गार्डेन पाइप र बीउ राख्ने बोहोरा तथा सुकाउनलाई त्रिपाल समेत साहयोग गरिएको रावलले बताए ।

दोस्रो चरणमा पनि समुदायस्तरमा राहतका कार्यक्रम ल्याइने तयारी गरिएको काष्डाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ