२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा मास्क नलगाएर हिड्ने ४१८ जनालाई कारवाही, ४१ हजार ८ सय रुपैँया राजस्व संकलन

सल्यानमा मास्क नलगाएर हिड्ने ४१८ जनालाई कारवाही, ४१ हजार ८ सय रुपैँया राजस्व संकलन


सल्यान – सल्यानमा मास्क नलगाएर हिड्ने ४ सय १८ जनालाई कारवाही गरिएको छ । जिल्लाको विभिन्न क्षेत्रहरुमा गरेर गत असार २७ गते शनिवार देखि हालसम्म ४ सय १८ जनालाई कारवाही गरिएको हो । जसबाट ४१ हजार ८ सय रुपैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार मात्रै श्रीनगर बजारमा ४२ जना, लुहाम बजारमा ५ जना, कपुरकोट बजारमा २ जना र खलंगा बजारमा २४ जना कारवाहीमा परेको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिए। खासगरी मास्क नलगाएर हिड्नेहरुलाई कारबाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उनकाे भनाइ छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक सावधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ