२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा एमबिबिएस पढाई नभए अनसन बस्ने डा. केसीको चेतवानी

जुम्लामा एमबिबिएस पढाई नभए अनसन बस्ने डा. केसीको चेतवानी


जुम्ला –  डा. गोविन्द केसीले जुम्लामा एमबिबिएस पढाई नभए अनसन बस्ने डा. केसीको चेतवानी दिएका छन् । डा. केसीले जुम्लामा आइतबार पत्रकार सम्मेलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस सञ्चालन गर्नुपर्ने लगायतका विषयमा सरकारसँग माग राखेका छन् । माग सम्बोधन नभए पुन: अनसन बस्ने उनले चेतवानी समेत दिएका छन् ।

उद्योग वाणिज्य संघ जुम्लाको हलमा गरिएको पत्रकार सम्मेलनमा डा. केसीले सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न पुन माग गरेका हुन् ।

डा. केसीले जुम्ला पुगेर पत्रकार सम्मेलनमा ३ बुँदे माग प्रेस विज्ञेप्ति मार्फत सार्वजनिक गरेका छन् । ३ बुँदे मागमा पहिलो कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस सञ्चालन हुनुपर्ने, गेटा मेडिकल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गरिनुपर्ने, दोस्रो सरकारले २०७५ साल साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउदै स्नाकोत्तर तहमा खुला तर्फ ७० प्रतिशत सीट कायम हुनुपर्ने र तेस्रो माग त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियूक्ति सच्याउदै  सबै पदमा वरिष्ठताका आधारमा नियूक्ति गरिनुपर्ने लगायतका मागहरु सार्वजनिक गरेका हुन् ।

सरकारले यी मागहरु ३ साताभित्र पुरा गर्नुपर्ने र यद्यपी विगतका सम्झौता कार्यान्वयन नभए ३ साता पछि सत्याग्रहको विकल्प नभएको उनले प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन् । डा. केसीले २०७५ असार १५ गते देखि साउन ३ गतेसम्म जुम्लामा एमबिबिएस सहितका मागहरु गर्दै २० दिन सत्याग्रहमा बसेका थिए । उनलाई सरकारले हेलिकोप्टरबाट काठमाडौँ लिएको थियो । काठमाडौँ ल्याइएको दिनमा अस्पतालमा झडप हुदा धेरै विद्यार्थी र स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी गम्भिर घाइतेसमेत भएका थिए ।

प्रतिष्ठानका पदाधिकारी काठमाडौँमा दौडधुप

एमविबिएस सहितका कार्यक्रम आर्थिक बर्ष २०७७।०७८मा सञ्चालनका लागि प्रतिष्ठानको पदाधिकारी टिम शिक्षाध्यक्ष, अस्पताल निर्देशक काठमाडौमा लगातार दौडधुपमा छन् । सरकारले यसैबर्ष हामीलाई एमबिबिएस पढाउने जिम्मेवारी दिने आशा गरेको प्रतिष्ठाको उच्च स्रोतले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ