२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरित्तिएका क्वारेन्टाइनमा पुन: थपिए आठ जना

रित्तिएका क्वारेन्टाइनमा पुन: थपिए आठ जना


जुम्ला –  जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइनमा शुन्य भएको अवस्थामा पुन: आठ जना थपिएका छन् । यहाँको पातारासी गाउँपालिकामा तेश्रो मुलकबाट आएका आठ जना नागरिक क्वारेन्टिनमा थपिएका हुन् ।

यहाँका स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा दुई हजार ७१५ जना बसेका थिए । उनीहरु सबै जनाको १४ दिनपछि पीसीआर परीक्षण गरी घर पठाउदै जाँदा  रित्तिएको क्वारेन्टाइन पुन: नागरिकहरु थपिन थालेका छन् ।

क्वारेन्टाइनमा बसेका उक्त नागरिकहरुको पीसीआर परीक्षण किट अभावको कारण परीक्षण कार्य रोकिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘पातारासी गाउँपालिकामा तेस्रो मुलुकबाट आएको व्यक्तिको स्वाब संकलनको तयारी भइरहेको छ । १-२ दुइदिनमा पीसीआर परीक्षण किट (रिएजेन्ट) जुम्ला पुग्नु पर्ने हो ।’ कर्णाली राजमार्ग बर्खाका बाढी पहिरो अवरुद्ध भएका कारण ढिला भएको उनले बताए ।

जिल्ला बाहिरबाट १२ हजार १२९ जना आएका मध्ये ४ हजार ९१२ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ६९ जनामा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘६९ जनै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।’ अहिले जुम्लामा कोरोना संक्रमितको संख्या शून्य अवस्थामा रहेको उनले बताए । त्यसैगरी, ४७९ जनाको आरडिटि परीक्षण गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ