२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना नियन्त्रण गर्न पातारासी गाउँपालिकालाई नगद र जिन्सी सामान सहयोग

कोरोना नियन्त्रण गर्न पातारासी गाउँपालिकालाई नगद र जिन्सी सामान सहयोग


जुम्ला – जुम्लाको पातारासी गाउँपालिकालाई विभिन्न निकायले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि नगद तथा जिन्सी(स्वास्थ्य सामग्री, खाद्यन्न) सहयोग गरेका छन् । गाउँपालिकालाई संघीय, प्रदेश सरकार र विभिन्न दातृ निकाय संघसंस्था र व्यक्तिगत रुपमा नगर तथा जिन्सी सामग्री सहयोग गरेका हुन् ।

संघीय सरकारले ३ लाख ४८ हजार, प्रदेश सरकारले १५ लाख, सर्बाेदय नेपाल जुम्लाले ५० हजार र महिला सहयात्रा लद्युवित्त वित्तिय संस्था जुम्लाले १ लाख नगद सहयोग गरेका हुन् । त्यसैगरी, किर्डाक नेपाल जुम्लाले ६ सेट पीपीई सेट, एक थान थर्मल गन, ६ पीस एन नाईन्टीफाइभ मास्क र अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरोले बताए । पातारासी गाउँपालिका – ४ लुमका मुनबहादुर थामीले १५० थान मास्क उपलब्ध गराएका छन् ।

कर्णाली एकिकृत दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाले ३० बोरा चामल, अपांङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले १३ बोरो चामल, ३९ किलो दाल, २६ लिटर तेल, २६ किलो नून, ५३ चक्की सावुन उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पातारासी गाउँपालिका – ३ का उर्गेन रोकायाले १५ क्विन्टल नून र सोही गाउँपालिका – ३ का वडाध्यक्ष बृषराम बोहोराले १५ क्विन्टल नून राहत स्वरुप उपलब्ध गराएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ