२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशह्याण्डी क्यापद्वारा कोरोनामा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान

ह्याण्डी क्यापद्वारा कोरोनामा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान


जुम्ला-ह्याण्डी क्याप इन्टरनेश्नल फेडेरेशन नेपालले कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई १५४ थान पीपीई सेटसहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाका लागि पीपीईसहित संस्थाले पाँच लिटरका ८० बोतल ह्याण्ड सेनिटाइजर, पाँच लिटरका १२ थान डिस्इन्फेक्सन सफाई गर्ने जारसमेत हस्तान्तरण गरेको ह्याण्डीक्याप इन्टरनेशनल कर्णाली प्रदेशका कार्यक्रम अधिकृत प्रकाश उपाध्यायले बताए ।

त्यसैगरी, ११ हजार ५५० थान पिसिएस सर्जिकल मास्क, ११ हजार ५५० थान पिसिएस ग्लोभ्स र एक पिसिएस इन्फ्रारेड थर्मोमिटर निर्देशनालयलाई उपलब्ध गराएकोे उनले बताए । ‘हामीले कर्णालीलाई मुख्य कार्यक्षेत्र बनाएर यहाँको स्वास्थ्य मापदण्डमा रहेर यस प्रदेशका स्वास्थ्यसँग सम्बन्धित पुनः स्थापितहरुलाई सहयोग गर्दै आएको छौं,’ उनले भने, ‘विशेषगरी युएसएडको आर्थिक सहयोगमा फिजिकल रिहाबिलिटेसन एक्टिभिटी कार्यक्रम यस क्षेत्रमा सहायता गर्ने लक्ष्य राखेको छ ।’

उनका अनुसार ह्याण्डी क्याप इन्टरनेश्नलले कर्णालीको समावेशी शिक्षा, लैंगिक तथा प्रजनन् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर काम गर्दै आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ