२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना भाइरस नियन्त्रण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रम आयोजना गर्दै

कोरोना भाइरस नियन्त्रण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रम आयोजना गर्दै


सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले कोरोना भाईरस अथार्त कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न संचेतनामुलक कार्यक्रम संचालन गरेको छ । प्रहरीले सोमेबार सर्खेतको बीरेन्द्रनगरमा कोभिड-१९ विरुद्धको संचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।

लकडाउन खुलेसँगै आम नागरिकले स्वास्थ्य सम्बन्धि उपाय अपनाउन छोडेको भन्दै प्रहरी र सरोकारवाला निकायहरुले बीरेन्द्रनगरमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेका हुन । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले लकडाउन खुकुलो भएसँगै डिभाड बढ्न थालेकोले कोरोना संक्रमणको जोखिम पनि बढेको बताए ।

उनले कोरोना भाइरसको जोखिम कम गर्न आम नागरीकलाई सचेतना जगाउन जरुरी रहेको बताए । उनका अनुसार, नेपाल सरकारले लकडाउनलाई केहि खुकुलो बनाएसँगै भिडभाड बढिरहेको र अस्त ब्यस्तताको स्थितिबाट नागरिकहरु गुजरिरहेकोले कोरोनाको जिखिम बढेको हो । सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, माक्सको प्रयोग गर्ने, सनिटाइजर अथवा साबुनपानिले बेलाबेला हात धुने लगाएतका स्वास्थ्य सुरक्षाका मापदण्ड अबलम्बन गर्ने सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मिले जानकारी दिए ।

यो महामारी रोगथाम तथा नियन्त्रण गर्नको लागी सचेतनामुलक कार्यक्रम नै आबश्यक हुने भएकाले सरकारवाला निकाय र आम नागरिकले थप प्रभावकारी रुपमा लाग्न उनको अनुरोध छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपि) राजेन्द्र प्रसाद भट्टले कोरोना भाइसर नियन्त्र नभएकोले सबै नागरीक सुरक्षित भएर हिडडुल गर्न अनुरोध गरेका छन् । उनका अनुसार, कोरोनाकोे प्रकोप सबै ठाउँमा फैलिरहेकाले जनातालाई संचेतना दिन कार्यक्रमको आयोजना गरिएको हो ।
लकडाउन खुकुलो भएसँगै नागरकिहरुमा लाप्रबाहि बढेको र स्वास्थ्य सुरक्षा नअपनाएको उनको भनाइ छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या जारी रहेकाले कोरोनाको जोखिम बढेको भन्दै एसपि भट्टले आम नागरीकलाई सुरक्षित भएर मात्र घरबाहिर निस्कन आग्रह गरे । सुरक्षित हुन हनिबार्य रुपमा माक्स लगाउने, कम्तीमा दुई मिटरको सामाजिक दुरि कायम गर्ने,भोज भतेरको आयोजना नगर्ने, अंकमाल नगर्ने, बढि भिडभाड भउको स्थानमा नजाने, सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा हात धुने लगाएतका स्वास्थ्य साबधानि अपनाउनु पर्ने उनको भनाइ छ । प्रत्यक नागरकिले स्वास्थ्य सावधानिकाबारेमा थाहाँ पाउँदा पनि यसको पालना नगरेकोले सबैलाई कोरोना भाईरस बाट सुरक्षित हुन र आफु बचि अरुलाई पनि बचाउन सबैलाई उनको आग्रह छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ