२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअब जुम्लामा दैनिक एक हजार स्वाब परीक्षण गरिने, उपकरण जडान हुँदै

अब जुम्लामा दैनिक एक हजार स्वाब परीक्षण गरिने, उपकरण जडान हुँदै


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अब दैनिक एक हजार स्वाब परीक्षण गर्ने उपकरण जडान गर्न थालिएको छ । संघीय सरकारको सहयोगमा उक्त उपकरण जडान गर्न थालिएको हो ।

‘अटोमेटिक आरएनए एक्स्ट्राक्सन सिस्टम’ स्वाब परीक्षण उपकरण जडान गर्न लागिएको हो । यस अघि प्रतिष्ठानले आफ्नै २७ लाख लागतमा स्वाब परीक्षण गर्ने आरटी पिसिआर उपकरण खरिद गरी सञ्चालनमा ल्याएको थियो । केन्द्रिय सरकारले प्रत्येक प्रदेशका लागि भनेर ल्याएको ७ वटा एक्स्ट्रयाक्सन उपकरण कर्णालीको जुम्लामा जडान गर्न लागिएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताए ।

उनले भने, ‘यसै हप्ताको आइतबार संघीय सरकारले यो उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई हस्तारन्तरण गरेको हो ।’ सुर्खेतमा रहेको प्रदेश अस्पताललाई कर्णाली प्रदेश सरकारले नै यस्तो खालको उपकरण उपलव्ध गराउने भएपछि संघीय सरकारले खरिद गरेको उपकरण प्रतिष्ठानलाई उपलव्ध गराएकोे उनले बताए ।

‘कर्णाली प्रदेशले प्रदेश अस्पताल सुर्खेतलाई यस्तै उपकरण दिने कुरा भएपछि हामीले यो एक्स्ट्राक्सन सिस्टमको लागि पहल गरेका थियौं, ’डा. रावलले भने, ‘अब यो उपकरण केही दिनमा जुम्ला पु¥याएर जडान गर्ने तयारीमा छौँ ।’ ‘स्वाब परीक्षण गर्ने दुइटा विधि हुन्छ, जसमध्ये एउटा पिसिआर हो भने अर्को एक्स्ट्राक्सन हो,’ उनले भने, ‘एक्स्ट्राक्सन सिस्टमबाट पिसिआर प्रणालीले ६ घण्टामा गर्ने ३५ मिनेटमा सम्पन्न हुन्छ ।’

कोरोना जाँच गर्न स्वाब परीक्षण गर्ने कार्यमा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौंपछिको दोस्रोमा पर्छ । यो एक्स्ट्राक्सन सिस्टम जडान भएसँगै झनै सहज हुने डा. रावलको भनाइ छ । प्रतिष्ठानले जतिबेला चीनमा कोरोना भाइरस फैलिएको थियो, त्यतिबेला देखि नै डा. धिरज गुरुङको नेतृत्वमा ८ सदस्यीय (आरआरटी) ¥यापिट रेस्पोन्स टिम बनेको थियो । जसले जुम्लाका सीमा क्षेत्रहरुमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी हेल्थ डेस्क स्थापना गर्ने काम ग¥यो । यस्तै प्रहरी प्रशासन, जनस्वास्थ्य सेवा कार्यालय र अन्य स्थानीय तहसँग समन्वय सहकार्य गरी जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको छ ।

प्रतिष्ठानले तयार गरेको १ सय २० बेडको आइसोलेसन तयार गरी आइसोलेसन बेड पनि ब्लूु, ग्रीन र रेड जोन बनाएर विभाजन गरेको डा. रावलले बताए । ‘बिरामीको अवस्थाअनुसार विभिन्न जोनमा राखेर सोहीअनुसारको उपचार गर्ने प्रतिष्ठानले तयारी गरेका छौ; उनले भने । ६ बेडको बच्चा राख्ने आईसीयुसहित हाल प्रतिष्ठानमा १६ वेडको आईसीयु रहेको छ भने ९ बेडको भेन्टिलेटर रहेको छ । जसलाई कोरोना विशेष अस्पताल बनेर फरक प्रवेशद्धार बनाई प्रयोगमा ल्याइएकोे छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार विभिन्न दातृ निकायदेखि संघीय र प्रदेश सरकारबाट सुरक्षित स्वास्थ्य सामग्री उपलव्ध भएकोले अहिले प्रतिष्ठानमा सामग्री पर्याप्त नै छ । ६० जना विशेषज्ञ डाक्टर, १५ जना नर्सिङ अफिसर, ७५ जना नर्सिङ स्टाफ, अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन सय बढीको जनशक्ति रहेको छ । यस्तै आईसीयु विज्ञ भने आइृसियका विषयमा पोख्त डा. प्रवीणकुमार गिरी रहेका छन् । प्रतिष्ठानमा आवश्यक उपकरण सिटिस्क्यान बीएसएल थ्री प्रयोगशाला रहेको छ ।

लकडाउनको समयमा १२ हजार १ सय २९ जना जिल्ला भित्रिएका नागरिकमध्ये अहिले पातारासी गाउँपालिकाको क्वारेन्टाइनमा ८ जना बसेका छन् भने दुई हजार ७ सय १५ जना घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी जुम्लामा ४ हजार ९ सय १२ जनाको पिसिआर परीक्षण मध्ये ६९ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैजना अहिले निको भएर घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । त्यस्तै ५ सय २ जनाको आरडिटि परीक्षण भएको जनाएको छ । जनस्वास्थ्य कार्यालय जुम्ला प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार केही समय पीसीआर परीक्षण गर्न नभएर रोकिएपनि आइतबारदेखि पुनः परीक्षण सञ्चालनमा आएको छ । यद्यपि रिपोर्ट भने आउन बाँकी नै रहेको छ । उनले भने; हाल भारत तथा तेस्रो मुलुकबाट कमै आउने गरेको बताउदै उनले भने; ‘तथापी जिल्ला बाहिरबाट आउने कर्मचारी र शंकास्पद व्यक्तिहरुलाई भने परीक्षण गर्ने गरेका छौ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ