२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनिको भएर घर गएको २५ दिनपछि तीन जनामा पुनः कोरोना पोजेटिभ देखियो

निको भएर घर गएको २५ दिनपछि तीन जनामा पुनः कोरोना पोजेटिभ देखियो


जुम्ला—कोरोना संक्रमण पुष्टि भएर १४ दिन आइसोलेसनपछि जाँच गर्दा कोरोना नेगेटिभ देखिएर घर गएका तीन जनामा २५ दिनपछि पुनः पोजेटिभ देखिएको छ ।

जुम्लामा तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएका व्यक्तिहरु निको भएर आइसोलेसनबाट घर पठाइएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्ला कोरोनामुक्त जिल्ला घोषित समेत भएको थियो । तर, कोरोना संक्रमण निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

बाहिरबाट जुम्लामा भित्रिएकामध्ये ४ हजार ९ सय १२ जनाको पिसिआर परीक्षण गरिएको थियो । यसमा ६९ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैजना अहिले निको आइसोलेसनबाट पठाएकामध्ये तीन जनामा पुनः संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

उनले भने, ‘यस्ता घटना कमै मात्रमा देखिने गरेको छ । तराईका जिल्लामा यस्तो घटना भएका थिए, जुम्लामा पनि भयो ।’

निको भएर पठाएका व्यक्तिहरुलाई पनि पुनः आइसोलेसनमै राखिएको थियो । यस घटनाबाट कन्ट्रयाक टे«सिङ गर्नुपर्ने अवस्था छैन । त्यस्तै ५०२ जनाको आरडिटी परीक्षण भएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ