२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु पुगे चिकित्सा शिक्षाका अभियान्ता डा. केसी

मुगु पुगे चिकित्सा शिक्षाका अभियान्ता डा. केसी


सुर्खेत – चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसी हिमाली जिल्ला मुगुमा पुगेका छन् । सुदुरपश्चिम र कर्णालीका जिल्लाहरुमा नि:शुल्क हाडजोर्नी विशेषज्ञ स्वास्थ्य उपचार दिँदै आएका डा. केसी डोल्पाको जगदुल्ला गाउँपालिकाले उपचारमा रोक लगाए पछि मुगु गएका हुन ।

उनले बिहीबारदेखि जिल्ला अस्पताल ठिनिमा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेको अस्पतालले जनाएको छ ।  डा.केसी जुम्लाको खलंगाबजारबाट हिँडेरै मुगु आइपुगेको बताइएको छ । केसीले विशेषगरी हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवादिएका छन् ।

केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेको अस्पतालले जनाएको छ । निशुल्क सेवादिन डा. केसि मुगु आउने भएपछि हाडजोर्नीका विरामिलाई लक्षितगरि सार्वजानिक सुचना गरिएको जिल्ला अस्पताल ठिनि मुगुले जनाएको छ ।

डा. केसिले सुदुरपश्चिमका डडेल्धुरा , बझाङ , बाजुरा , बैतडी , दार्चुला , कर्णालीका कालिकोट , हुम्ला , जुम्लाहुदै मुगु पुगि स्वास्थ्यउचपार दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ