२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली दिगो विकास प्रतिष्ठानद्वारा दुई हजार भन्दा बढी लकडाउन प्रभावितलाई राहत वितरण

कर्णाली दिगो विकास प्रतिष्ठानद्वारा दुई हजार भन्दा बढी लकडाउन प्रभावितलाई राहत वितरण


जुम्ला – कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) जुम्लाले यहाँका दुई हजार दुई घरधुरीमा राहत वितरण गरेको छ । कोरोना माहामारीले आम्दानी र उत्पादन घटेका लकडाउन प्रभावितलाई राहत वितरण गरेको हो ।

पहिलो चरणमा एक हजार २५ घरधुरी र दोस्रो चरणमा नौसय ७७ घरधुमा राहत वितरण गरिएको हो । यहाँका स्थानीय तह तिला, पातारासी, तातोपानी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका स्थानीयलाई राहत वितरण गरिएको जनाएको छ । काष्डाले वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा जुम्ला जिल्लामा रहेका विपन्न घरपरिवारलाई राहत वितरण गरिएको परियोजना संयोजक भेषबहादुर रावलले बताए । उनका अनुसार राहत प्याकेजमा नेपाल सरकारको मापदण्ड अनुसार प्रति घर ३० किलो चामल, ३ किलो चिनी, ३ किलो नुन, ७ प्याकेट तेल र ४ चक्की सावुन वितरण गरिएको छ ।

’राहतका लागि सम्बन्धित वडा कार्यलयसँगको समन्वयमा लाभग्राही छनौट गरिएको थियो, ’परियोजना संयोजक रावलले भने, ’प्रत्येकको युनिक आइडी सिस्टम क्रियट गरी मोबाइलफोन मार्फत एसएमएस गरेर सिस्टमले ओके गरेपछि मात्र लाभग्राहीले राहत पाउने व्यवस्था गरिएको थियो ।’

राहत सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा अनुसार अहिले कोरोना भाइरसका कारण जनमानस प्रभावित भएको समयमा सहयोगको आवश्यकता परेको हुन्छ । राज्यका साझेदार निकाय गैरसरकारी संस्थाले पनि देश संकटमा परेको अवस्थामा सहयोग, समन्वय र सहकार्य गर्नु गर्नु सवलपक्ष भएको उनले बताए ।

तिला गाउँपालिका उपप्रमुख विष्णु बुढाले भनिन् देश अहिले कोरोना भाइरससँग लडिरहेको छ । यतिबेला सवै क्षेत्र र पक्षबाट देशलाई सहयोगको खाचो परेको बेलामा कास्डा जुम्लाले लकडाउन प्रभावित नागरिकलाई राहत वितरण गर्दा विपन्न वर्गलाई सहज भएको छ । लकडाउनका कारण आयआर्जन र उत्पादनशिल क्षेत्रमा असर परेकाले राहतले नागरिकलाई टेवा पुगेको उनले बताइन् ।

त्यस्तै, कोभिड–१९ लाई लक्षित गरी सञ्चालित नेपाल कभर परियोजनाले जिल्लाका २८८ घरधुरीको आयआर्जनमा सुधार गर्न ग्रिनहाउस र २८ घरधुरीलाई व्यवसाय सुधार सामग्री उपलव्ध गराएको जनाएको छ ।

विभिन्न क्षेत्रका ६ सय ६० जनालाई तरकारीको बीउ र हजारी वितरण गरेको छ । बीउमा काक्रो, रायो, मुला र धनियाँ रहेको छ । सहयोगकै क्रममा ४० घरलाई जिविका पार्जनका लागि विभिन्न व्यवसायमा सहयोग पुग्ने खालका सामग्रीहरु डिजिटल तौल मेसिन, आलुचिप्स बनाउने मेसिन, जुस र मेसिन, गार्डेन पाइप र बीउ राख्ने बोहोरा तथा सुकाउनलाई त्रिपाल समेत साहयोग गरिएको रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ