२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोनामुक्त हुनेको संख्या १८८० पुग्यो

कर्णालीमा कोरोनामुक्त हुनेको संख्या १८८० पुग्यो


 जुम्ला – कर्णाली प्रदेशमा थप १२ जना संक्रमित उपचार पछि निको भएका छन् । आइतबार थप १२ जना अस्पतालबाट डिस्चार्ज भएसँगै कर्णाली प्रदेशमा निको कोरोनामुक्त हुने संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ  ।

त्यस्तै, आज  ६ महिने बालकसहित थप  नौ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पचालभरना गाउँपालिका– ४ का ६ महिनाका बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ४ का ६१ वर्षीया महिला, गुर्भाकोट नगरपालिका–७ का २२ वर्षीय पुरुष (सुर्खेतका दुईजना) र दैलेख महावु गाउँपालिका– १ का ४६ वर्षीय पुरुष गरी तीनजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका– १ का १७ वर्षीय पुरुष, वडा नं. ३ का २० वर्षीया महिला, वडा नं. ६ का २४ वर्षीया महिला, तिला गाउँपालिका–५ २० वर्षीया महिला, कालिकोट शुभकालिका गाउँपालिका– ३ का ११ वर्षीय पुरुष, पचालझरना गाउँपालिका–४ का ६ महिनाका बालकमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।

‘कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार नौ सय ७९ पुगेको छ,’ उनले भनिन्, ‘आजको परीक्षणमा ६ महिनाका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।’ कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको अधिकृत भट्टराईले बताइन् ।

उनका अनुसार हाल विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरूमा ९३ जना कोरोना संक्रमणका सक्रिय बिरामीको उपचार भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ