२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द

कोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द


सुर्खेत –  कोरोनाको कहरले गर्दा भाद्र १ गतेदेखि वीरेन्द्रनगर नगरपालिका निषेधाज्ञा जारी हुने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि बन्द हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एक सूचना जारी गर्दै भाद्र ५ गतेसम्मका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द गर्ने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले भाद्र १ गतेदेखि ५ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेकोले विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरुले उक्त निषेधाज्ञा सम्बन्धि सूचनाको पालना गरी उल्लेखित समयभित्र सुर्खेतस्थित केन्द्रिय कार्यालय र मातहतका निकायहरु बन्द रहने सूचनामा उल्लेख छ ।

यसका साथै वीरेन्द्रनगार बाहिरका अन्य निकायहरुले सम्बन्धित जिल्ला वा निकायहरुबाट प्रकाशित सूचना अनुसार नै कार्य गर्न गराउन हुन समेत विश्वविद्यालयले अनुरोध गरेको छ । निषेधाज्ञा सम्बन्धि सूचना थप भएमा स्वतः कार्यान्वयन गर्दै जाने समेत सूचनामा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ