२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमाग सम्बोधन नभए पुन : अनशन बस्ने डा. केसीको चेतवानी

माग सम्बोधन नभए पुन : अनशन बस्ने डा. केसीको चेतवानी


जुम्ला –  चिकित्सा शिक्षा क्षेत्रका सुधार अभियान्ता डा. गोविन्द केसीले आगामी भदौँ ११ गतेदेखि अनशन बस्ने सरकारलाई चेतावनी दिएका छन् । साउन ११ गते तीन बुदे माग सहित तीन हप्ताको अल्टीमेटम दिएका डा. केसीले सरकारले माग बेवास्ता गरेको भन्दै चेतवानी दिएका हुन् ।

दुई वर्षअघि डा. केसी चिकित्सा शिक्षाको सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला १६ औँपटकको अनसन बसेका थिए । उनले भने, ‘अझै सरकारलाई सम्झौता अध्यायन तथा चार बुदे माग राख्दै डेहप्ता सम्मको अल्टीमेटम दिन्छु ।’ भदौ १० गतेभित्रसम्म सरकारले माग सम्बोधन नगरे ११ गतेबाट सत्याग्रह सुरु गर्ने उनको भनाइ छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस सञ्चालन गर्नुपर्ने, ०७५ साउन १० मा गरिएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्यायनमा बरिष्ठता मिचेर भएको नियुक्ती सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित बजेट व्यवस्था गरी दिगो निशुल्क सेवा सुनुश्चित गर्नुपर्ने चार वटा माग राख्दै सम्बोधन नभए भदौ ११ गतेबाट अनशन बस्ने चेतावनी दिएका छन् ।

आइतबार केसीद्धारा उद्योग वाणिज्य संघ जुम्लाको हलमा आयोसजत पत्रकार सम्मेलनमा डा. केसीले नेकपाको सरकारले दुर्गमको स्वास्थ्य क्षेत्रको विकास र सृमद्धकिा लागि १८ औँ पटक सम्म बसेको अनसनलाई समर्थन भन्दा सम्झौता उल्लघंन गरेको आरोप लगाए । कर्णालीमा एमबिबिएस संचालनको निर्णय गर्न सरकारलाई एक घण्टा पनि लाग्दैन् । तर दुई वर्ष पहिले गरिएको सम्झौता कार्यान्वयन गर्न तथा अनुमतिका लागि निर्णय गर्न प्रधानमन्त्रीले नै मानेका छैनन् ।

काठमाडौँमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठानहरु असफल पार्ने पक्षमा सत्ताधारी दलकै नेताहरु लागिरहेको डा. केसीले ठोकुवा गरे । देशमा भइरहेको शैक्षिक माफिया र स्वास्थ्य क्षेत्रको सुधार तथा दुर्गममा उच्च शिक्षा पठनपाठनका लागि एक डाक्टर तथा प्रध्यापक हुनुको नाताले अनशनको विकल्प नरहेको समेत उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ