२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा कोरोना समुदायस्तरमा पुगेको आशंका

जुम्लामा कोरोना समुदायस्तरमा पुगेको आशंका


सुर्खेत –  जुम्लामा कोरोना समुदाय स्तरमा पुगेको आशंका गरिएको छ । पछिल्लो २४ घण्टामा जुम्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना डिस्चार्ज भएका छन् ।  कोराना संक्रमितको कन्टयाक ट्रेसिङ गर्दा चन्दननाथ नगरपालिका २ का २२ वर्षीय पुरुष, चन्दननाथ ४ का ३१ वर्षीय पुरुष र चन्दननाथ नगरपालिका ५ का ३३ वर्षीय एक पुरुषमा कोराना देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा पछिल्लो समयमा देखिएको संक्रमणको अवस्था हेर्दा समुदायसम्म कोराना पुगिसकेको आशंका गर्न सकिने बताउँछन् । उनले भने, ‘कोराना संक्रमितको अवस्थालाई मध्येनजर गर्दै जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोराना फैलिन नदिनको लागि लकडाउनको विकल्प छैन् । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउनको लागि जुम्लाबासीलाई अपिल समेत गरेको छ । ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा हाल ६ जना संक्रमित छन् । प्रमुख जिल्ला अधिकारी थापाले घरवाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने बताएका छन् । सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्छ । यो मापदण्ड कार्यन्वयनका लागि स्थानीय प्रशासनले हदै सम्मको कडाई गरेको छ ।

कोराना संक्रमितको संख्या बढिरहेको बेला प्रशासन कार्यालयले जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थापा भन्छन्,‘लकडाउनको पुर्ण पालना गर्न र लक्षण देख्ना वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न हार्दिक अपिल गर्दछु ।’

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुुुसार पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोराना संक्रमित थपिएका छन् । सुर्खेतमा ७ जना, धनुषामा १ जना, सल्यानमा १ जना, भारतका १ जना र सल्यानमा १ जना कोराना संक्रमित थपिएका हुन । यस्तै, जुम्लामा ३ जना र दैलेखमा १ जना कोराना संक्रमित थपिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमित मध्ये २ जना महिला छन् ।

सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । २४ घण्टामा कर्णाली प्रदेशमा कोराना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या १४ छ । योसँगै कर्णालीमा एक हजार नौ सय २८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल सम्म कर्णालीमा कोराना पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ