२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश आयुर्वेद औषधालयले योग हललाई नै आइसोलेसन कक्षमा रुपान्तरण गर्ने

प्रदेश आयुर्वेद औषधालयले योग हललाई नै आइसोलेसन कक्षमा रुपान्तरण गर्ने


सुर्खेत-कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतले योग हललाई नै आइसोलेसन कक्षमा रुपान्तरण गर्ने भएको छ । कोरोना भाइरस दोस्रो लहर बढ्दै गएपछि प्रदेश आयुर्वेद औषधालय सुर्खेतले योग हललाई नै कोभिड आइसोलेसन कक्षमा रुपान्तरण गर्न लागेको हो ।

प्रदेशमै पहिलो पटक प्राकृतिक वातावरणसहितको आइसोलेसन कक्ष संचालनमा ल्याउन लागिएको औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए ।

औषधालयले कोरोनाको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि संक्रमितलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तत्कालका लागि योग हललाई नै आइसोलेसन कक्षका रुपमा संचालनमा ल्याउन लागेको डा. रिजालले बताए ।

उक्त हलमा २५ शैय्याकोे कोभिड आइसोलेसन हुनेछ । आवश्यकता परे २५ शैय्याको कोभिड आइसोलेसन कक्षलाई बढाएर ५० शैय्यासम्म पु¥याउने योजना रहेको उनले बताए । आइसोलेसनमा कोरोना संक्रमितलाई प्राकृतिक तवरबाटै उपचार गरिनेछ ।

कोभिड आइसोलेसन कक्ष संचालनमा आएपछि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिसँगै विहान बेलुका गायत्री मन्त्र, योग, ध्यान, एवं जीवन जिउने कलाका विषयमा कक्षा दिइनेछ । यसका साथै स्वस्थ खानपान, व्यायामजस्ता क्रियाकलाप समेत सिकाइनेछ ।

अहिले अक्सिजनको आवश्यकता नपर्ने कोभिडका बिरामीलाई कोभिड कक्षमा प्राकृतिक वातावरण मिलाइएको छ । .अक्सिजनसहितको आइसोलेसनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ