गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु मानदत्त रावल आइतवार, २०७८ जेठ ९ गते, १६:४७ मा प्रकाशित जुम्ला–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगतबहादुर शाहीको आइतबार विहान कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीकाअनुसार बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोभिड–१९ का कारण मुत्यु भएको दोस्रो घटना हो । यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको कोभिड–१९ बाट मुत्यु भएको थियो । नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोभिड–१९ संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका–१ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ । यसअघि शवघाटको व्यवस्थापन नहुँदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका– १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला… कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स TFN ट्रेण्डिङ