२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने

कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश अस्पतालका लागि २१ जना चिकित्सक करार सेवामा लिने भएको छ । प्रदेश अस्पताल, सुर्खेतको स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न समूह तथा उपसमूहमा प्राविधिक कर्मचारी सेवा करार लिन लागेको हो ।

करार सेवामा लिन लागिका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले १० कार्तिकसम्म दरखास्त पेश गर्न आह्वान गरेको छ ।

सेवा माग गरेका करार पदमा पेडियाट्रिक्स/पेडियाट्रिक, पेडियाट्रिक्स/नियोनेटोलोजी, मेडिसिन/ग्याष्ट्रो, मेडिसिन/ट्रपिकल, मेडिसिन/नेफ्रोलोजी, मेडिसिन/न्यूरोलोजी, मेडिसिन/इन्डोक्राइनोलो, मेडिसिन/फरेन्सिक, सर्जरी/पेडियाट्रिक सर्जरी, सर्जरी/ग्याष्ट्रो, अटोरिनोल्यारेँगोलोजी, मेडिसिन/जनरल मेडिसिन, रेडियोलोजी/रेडियो, प्याथोलोजी/जनरल, मे.ल्या.टे./ज.मे.ल्या.टे. एक—एक जना रहेका छन् ।

त्यस्तै, एनेस्थेसियोलोजी दुई जना, ज.हे.स. तीन जना र स्वास्थ्य/विविध एक जना माग गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ