गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु मानदत्त रावल मंगलबार, २०७८ जेठ २५ गते, १६:०० मा प्रकाशित जुम्ला–जुम्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । जुम्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा मंगलबारदेखि खोप लगाउन सुरु गरिएको हो । उनले भने, ‘नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।’ यस्तै यहाँका सबै स्थानीय तहका स्वास्थ्य चौकी तथा नागरिकलाई पायक पर्ने ठाउँमा खोप केन्द्र निर्धारण गरी खोप लगाइनेछ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार नगरभित्रका ६२ देखि ६४ वर्ष उमेर समुहका १७० जना नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको छ । स्वास्थ्य चौकीमार्फत नागरिकलाई पायक पर्ने स्थानमा खोप केन्द्र निर्धारण गरी खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा