२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वबेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा

बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा

हरेक ७ नयाँ संक्रमितमध्येमा एक जनामा एरीस, डब्लूएचओ प्रमुख भन्छन्, ‘सर्तक रहौं’


बेलायतमा पुनः एक पटक कोभिड—१९ संक्रमणको खतरा बढेको छ । बेलायतको स्वास्थ्य विभागलाई कोभिड—१९ को नयाँ भेरियन्ट एरीसले चिन्तामा पारेको छ ।

स्वास्थ्य अधिकारीहरुकाअनुसार एरीस भेरियन्टको साइन्टिफिक नाम EG.5.1 हो र यो ओमिक्रोन भेरिन्टबाट पैदा भएको हो ।

यो भेरियन्ट बेलायतमा जुनमा पहिलो पटक पुष्टि भएको थियो । त्यहीबेला हरेक दिन यसका नयाँ संक्रमितहरु देखिइरहेका छन् । ३१ जुलाईमा यसलाई एक नयाँ भेरियन्टका रुपमा क्लासीफाई गरिएको थियो ।

युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए)काअनुसार EG.5.1 हरेक सात जना नयाँ कोभिड केसहरुमध्ये एकको काराण् बनिरहेको छ । एसियामा बढिरहेको कारण बेलायतमा पनि यसको केसहरु बढिरहेको बताइएको छ । तर, युकेएचएसए एसियाका कति देशहरुमा नयाँ भेरियन्ट एरीसका केसहरु देखिएका छन् भन्ने विषयमा भने केही बताएको छैन ।

भ्याक्सिनका काराण् मानिसहरु सुरक्षित छन् । तर, सर्तक रहनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि दुई हप्ताअघिदेखि यो भेरियन्टमाथि निगरानी सुरु गरेको छ । डब्लूएचओका प्रमुख टड्रोस अधानम घेब्रेयससले भने, ‘मानिसहरु भ्याक्सिनका कारण धेरै सुरिक्षत छन् । तर, कुनै पनि देशले कोभिडको विरुद्धको आफ्नो लडाइ र सर्तकतामा कम गर्नु हुँदैन् ।’

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ