२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु

जुम्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु


जुम्ला–जुम्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । जुम्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकामा मंगलबारदेखि खोप लगाउन सुरु गरिएको हो । उनले भने, ‘नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।’ यस्तै यहाँका सबै स्थानीय तहका स्वास्थ्य चौकी तथा नागरिकलाई पायक पर्ने ठाउँमा खोप केन्द्र निर्धारण गरी खोप लगाइनेछ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार नगरभित्रका ६२ देखि ६४ वर्ष उमेर समुहका १७० जना नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको छ । स्वास्थ्य चौकीमार्फत नागरिकलाई पायक पर्ने स्थानमा खोप केन्द्र निर्धारण गरी खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ