२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन

कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन


जुम्ला – कर्णाली प्रदेश सरकारले आरटी पिसिआर कोरोना परीक्षणका लागि साविक कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वाब संकलन गरी परीक्षण गर्ने जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दिएको छ । प्रतिष्ठानले जिम्मेवारी पाए अनुसार हुम्लामा ५००, कालिकोटमा ६५२ र मुगुमा ४०० स्वाब संकलन गरेको हो ।

प्रतिष्ठानले चिकित्सकसहित स्वास्थ्यकर्मी परीचालन गरी पिसिआर परीक्षण गर्न स्वाब संकलन गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलका अनुसार जिल्ला जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि जुम्ला ल्याउने तयारी भईरहेको छ । उनले भने, ‘स्वाब प्रतिष्ठानमा ल्याएपछि पुलिङ विधिबाट परीक्षण गरिने छ ।’

१५ सय बढीको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना भाइरसले अहिले मुलुक त्रसित छ । भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देश ५६ दिनदेखि लकडाउनमा छ । लकडाउन अवधिभर ११ हजार १७७ जना नागरिक जिल्लामा भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिक मध्ये ३२ जना क्वारेन्टानमा बसेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । ७२ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

जिल्ला भित्रिएका मध्ये अहिलेसम्म एक हजार ५४८ जना नागरिकको कोरोना आरटी पिसिआर परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । त्यसैगरी २६३ जनाको ¥यापिट डाइगोनोस्टिक टेष्ट (आरडिटी) गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंतीमा खटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य कार्यालय जुम्लाका २५७ जना स्वास्थ्यकर्मीको आरटी पिसिआर गरिएको छ । परीक्षणमा रिपोर्ट सवै जनाको नेगेटिभ आएको प्रतिष्ठानका ल्याव इन्र्चाज विबेक पुन मगरले बताए ।

त्यसैगरी १७ जना पिसिआर र १० जना प्रहरीको आरडिटी परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । जिल्लाका क्रियाशिल १८ जना पत्रकारको पनि पिसिआर परीक्षण गरिएको छ । यसमा पनि रिपोर्ट नेगेटिभ नै आएको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला कोरोना परीक्षण आरटी पिसिआर उपकरण सञ्चालनमा आएदेखि कालिकोट जिल्लाका ३८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ