२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदाताको सहयोगमा हाँडसिंजा स्वास्थ्य चौकीमा सौर्य उर्जा जडान

दाताको सहयोगमा हाँडसिंजा स्वास्थ्य चौकीमा सौर्य उर्जा जडान


जुम्ला-जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा दाताको सहयोगमा ६ किलोवाटको सोलार प्रणाली जडान गरिएको छ । अमेरिकास्थित ग्रिड अल्टरनेटिभ संस्थाको सहयोगमा स्वास्थ्य चौकीमा सौर्य उर्जा सोलार प्रणाली जडान गरिएको हो ।

जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन जडान भएपनि सिंजा क्षेत्र र ग्रामीण भेगमा लाइन पुगेको छैन । नेशनल ग्रिड जडान भएपनि विजुलीको नियमित आपूर्ति नहुँदा अहिले २४ सै घण्टा विद्युत आवश्यक हुने क्षेत्र अस्पतालमा वैकल्पिक उर्जाको आवश्यकता पर्दै आएको छ ।

यही समस्या हाँडसिंजा स्वास्थ्य चौकीमा रहेको थियो । स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायका अनुसार विजुली नहुँदा समस्या भएको थियो । वर्ष दिनअघि सौर्य उर्जाका लागि समन्वय भएअनुसार सोलार प्रणाली जडान भएका छ । यस निकै राहत महसुस भएको छ ।

स्वास्थ्य संस्थामा मिनी भिडियो एक्स–रे, ल्याव, खोप, प्रसुति गृह, पोषण सुधार गृह, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताललगायतका सेवाहरु सञ्चालनमा छन् । यिनै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि नियमित विजुलीको आवश्यकता थियो । तर, विजुली नहुँदा सेवाहरु प्रभावित हुँदैं आएका थिए । स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले भने ६ किलोवाटको सोजाल प्रणाली जडान भएपछि सहज हुने भएको छ । ३५ लाख बराबरको सोलार प्रणाली सहयोग भएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ