२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटका १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया

कालिकोटका १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया


जुम्ला—कालिकोटको रास्कोट नगरपालिकामा १५२ जनाको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ । तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोग तथा रास्कोटमा नगरपालिकाको आयोजनामा मोतिबिन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

निःशुल्क मोतिबिन्दु तथा आँखा शिविरमा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका र पलाता गाउँपालिकाका स्थानीयले सेवा लिएका थिए ।

कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरमा १५२ जनाले आँखाको मोतिबिन्दु तथा अन्य रोगको शल्यक्रिया गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिए । ‘निःशुल्क आँखाको शल्याक्रिया शिविरमा ४५ वर्षदेखि ८७ वर्ष उमेर समूहका महिला, पुरुषहरुको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ,’ उनले भने ।

आँखा अस्पताल सुर्खेतका निर्देशक मनिष खतिवडा र डा.मन्जु पन्तसहितको टोलीले आँखाका बिरामीहरुको शल्यक्रिया गरेका हुन् । शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने अति गरिब, विपन्न, दलित तथा पिछडिएका परिवारले लाभ लिएका रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले बताए ।

‘बाहिर गएर उपचार गर्न नसक्ने आँखाका बिरामीलाई नगरमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘शिविरबाट यहाँका वृद्धवृद्धा तथा आर्थिक हिसाबले विपन्न रहनु भएका नागरिकले सेवा पाउनु भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ