गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार हेल्थ आवाज मंगलबार, २०७९ फागुन ३० गते, १५:५१ मा प्रकाशित वीरेन्द्रनगर—दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी हुम्लाकी एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया गर्भवती महिला जुनकला कामीको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । आइतबार सुत्केरी व्यथा लागेलगत्तै गर्भवती कामीलाई चंखेली गाउँपालिकाको पिप्लाङ स्वास्थ्य चौकीमा ल्याएर उपचार सुरु गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरको व्यवस्था गरी गाउँपालिका केन्द्र पिप्लाङबाट उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । बच्चा उल्टो भएको र सालनाल अगाडि निस्केकी जुनकलाको उद्धार गर्ने कार्य भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । ‘जटिल खालको सुत्केरी व्यथा लागेकी गर्भवती अवस्था निक्कै जटिल भएको छ,’ उनले भनिन्, ‘अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ विकट मुगुका ‘बल डाक्टर’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ विकट मुगुका ‘बल डाक्टर’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड रुपैयाँ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने विकट मुगुका ‘बल डाक्टर’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड रुपैयाँ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने