२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार

डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार


पाठेघर जो सृष्टिको उद्गमविन्दु पनि हो । त्यही भ्रुण हुर्कन्छ । पाठेघर महिलाको संवेदनशील अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वास्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै पाठेघर रोगको सताउने गर्छ ।

सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्छ ।

के हो पाठेघरको काम ?

प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघरबिना सन्तान उत्पादन गर्न सम्भव छैन । यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन । अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ ।

महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ । तर, पाठेघर नभएपनि महिला हुन चाही सक्छ । तर, अण्डाशय भएन भने महिला हुन असम्भव छैन । जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकसित हुँदै जान्छ ।

समस्या कति जटिल ?

पाठेघर खस्नु आफैंमा जटिल समस्या होइन । तर, पाठेघरसँगै अगाडिबाट मूत्रथैली, पछाडिबाट मलाशय र माथिबाट आन्द्रा तल सरेर आउनु भने जटिल समस्या हो । यस्तो तीन चरणमा हुन्छ । प्रायः पाठेघर झरेर योनीबाट बाहिर आइसकेपछि मात्र महिलाहरू स्वास्थ्य संस्थामा आउने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहन्छ ।

पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन । तर, जब बिस्तारै बाहिर निस्किन थाल्छ, तिघ्रासँग घर्षण हुँदा संक्रमण हुने सम्भावना उच्च रहन्छ । समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने कालान्तरमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

पाठेघर सम्बन्धित समस्या

  • पेट दुख्ने, पानी बग्ने
  • पाठेघरको मुखमा घाउ हुने
  • गर्भवती हुँदा बच्चा पाठेघरभन्दा बाहिर पनि बस्न सक्छ
  • महिनावारी नियमित नहुने
  • ३५ वर्षभन्दा बढी उमेरमा पहिलोपटक बच्चा जन्माउँदा जटिल्ता उत्पन्न हुन सक्छ ।

यसकारण लाग्छ रोग ?

  •  सरसफाई अभाव
  •  मल्टीपल सेक्स पार्टनर
  • कम उमेरमा बच्चा जन्माउँदा
  • बच्चा बढी जन्माउँदा
  • अत्यधिक चुरोटको सेवन
  • अवान्छित गर्भपतन
  • वंशाणुत समस्या आदि ।
  •  चाडवाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधि प्रयोग गर्छन् । यसको कारण पनि पाठेघरसम्बन्धि थुप्रै समस्या देखिने गर्छ । किनकी यस्ता प्रकारका औषधिको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पु¥याउँछ ।
  • पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ । खासगरी यसले मासिकस्रावमा समस्या निम्त्याउँछ ।

किन खस्छ पाठेघर ?

  •  विशेषगरी गाउँघरका महिलामा पाठेघर झर्ने समस्या देखिन्छ । खासगरि गह्रौ भारी बोक्ने, कम उमेरमा बच्चा जन्माउने, बढी जन्माउने, अत्यधिक चुरोट सेवन गर्ने भएकै कारण यस्तो समस्या हुने गर्छ ।
  • यस्तो समस्या भएमा त्यतिसाह्रो खोक्नु पनि हुँदैन । यसो गर्दा पाठेघर झन तल झर्ने खतरा हुन्छ ।
  • सुत्केरी महिलालाई पुरै आरामको जरुरत हुन्छ । यसो गरेमा यस्ता समस्या निम्तनबाट बच्न सकिन्छ ।

बच्ने उपाय

  • अबान्छित गर्भपतनबाट बच्नुपर्छ । कतिपय महिलाले शिशुको अवस्था थाहा नपाई सिधै गर्भपतन गर्छन् । यसले महिलाको स्वास्थ्यमा गम्भीर असर त पर्छनै रक्तश्रावको समस्यााले सबैभन्दा बढी सताउने गर्छ ।
  • वर्षामा एक पटक अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । कुनै पनि रोगको लक्षण नदेखिदै स्वास्थ्य जाँच गराएमा सम्भावित खतराबाट बच्न सकिन्छ ।
  • पाठेघरको क्यान्सरबाट निकै मानिस अर्थात रोगको लक्षण नदेखिखदै यस्तो जाँच गराउँदा राम्रो हुन्छ ।
  • यसले पाठेघरको क्यानसरको समस्या अत्याधिक हुन्छ ।

क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ