२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’

सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’


धनगढी—सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काको सचिवालयमा कार्यरत एक कर्मचारीले एकै मितिमा ३ जिल्ला भ्रमण गरी दोहोरो भ्रमण भत्ता बुुझेको पाइएको छ ।

मन्त्रीको सचिवालयमा कार्यरत सिअनमी लीलावती विष्ट भाटलाई एकै मितिमा ३ जिल्लाको भ्रमण भत्ता दिइएको छ । लीलावती मन्त्री खड्काको नातामा सम्धिनी पर्छन् ।

हाजिरी रजिष्ट्ररमा २० असार २०७८ देखि २२ असारसम्म बझाङ जिल्लामा काजमा गएको उल्लेख छ । फेरि मन्त्रालयको भ्रमण अभिलेखमा खातामा भने १८ असार २०७८ देखि २२ असारसम्म ५ दिन बैतडी र बझाङ जिल्लामा भ्रमण काज उल्लेख छ । अझ रोचक त के भने २० असार २०७८ देखि २३ असारसम्म ४ दिनको अछाम भ्रमणमा गएको उल्लेख गरिएको छ ।

मन्त्रालय स्रोतकाअनुसार २० असार २०७८ देखि २३ असारसम्मको भ्रमण भत्ता समाजिक विकास मन्त्रालयबाट भुक्तानी हुने गरी सचिव रघुराम बिष्टले स्वीकृत गरेका छन् । त्यस्तै, १८ असार २०७८ देखि २२ असार सम्मको स्वास्थ्य निर्देशनालयबाट भुक्तानी हुने गरी सचिव बिष्टले नै स्वीकृत गरेको स्रोतको दावी छ ।

स्थानीय तहमा खटिएकी भाटलाई मन्त्रालयमा काज ल्याउनु नै गैरकानुनी हो । स्थानीय तहमा दरबन्दी भएका कर्मचारीलाई काजमा प्रदेशअन्तर्गत खटाउँदा संघीय सरकारको अनुमति लिनुपर्छ । तर, नातामा सम्धिनी भएकै आधारमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएलगतै खड्काले २१ जेठमा भिमदत्त नगरपालिकामा कार्यरत सि.अ.न.मी भाटलाई मन्त्रालयमा खटाउन नगरपालिकालाई पत्र पठाएका थिए ।

सोही पत्रका आधारमा संघीय सरकार अनुमति नलिइ उनलाई मन्त्रालय पठाइएको थियो । संघीय सरकारको अहिलेसम्मको परिपत्र तथा निर्देशनअनुुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई विशेष परिस्थितीबाहेक सरुवा तथा काम काज सामान्य प्रशासन मन्त्रालले गर्दै आएको छ । प्रदेशको मन्त्रालयले सोझै स्थानीय तहलाई परिपत्र गर्ने व्यवस्था नभएकाले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् जानुपर्ने भएकाले सामाजिक विकास मन्त्रीले सोझै परिपत्र गरी कर्मचारी खटाउन भिमदत्त नगरपालिकालाई परिपत्र गरेका थिए ।

मन्त्रीको सचिवालयमा प्रशासन समूहको १ अधिकृत र १ नायब सुब्बाको दरबन्दी मात्रै छ । तर, मन्त्रीको तजबिजमा स्वास्थ्य समूहको कर्मचारीलाई सचिवालयमा राखिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ