२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश५ पुसबाट भूकम्प प्रभावित जिल्लामा दादुरा–रुबेला र टाइफाइड विरुद्धको खोप दिइने

५ पुसबाट भूकम्प प्रभावित जिल्लामा दादुरा–रुबेला र टाइफाइड विरुद्धको खोप दिइने


वीरेन्द्रनगर—सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममलगायतका सात जिल्लामा दादुरा–रुबेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । ५ देखि १४ पुसम्म भूकम्प प्रभावित सात जिल्लामा खोप अभियान चलाउन लागिएको हो।

भूकम्पले अति प्रभावित जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा दादुरा—रुबेला र टाइफाइडविरुद्धको खोप दिइने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको खोप दिइने निर्देशनालयले जनाएको छ ।

खोप अभियानमा दिइने दादुरा–रुबेला खोप थप मात्रा भएकोले पहिला जति पटक लगाएको भएपनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाइने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ