२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द

पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द


वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिका– १ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाईमा साउनदेखि तालाबन्दी गरिएको छ । तत्कालीन कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री दल रावल मन्त्री भएको बेला स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा सर्केगाड गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्था नगरेपछि ताला लागेको हो ।

स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएकाले साउन महिनादेखि तालाबन्दी भएको सर्केगाड गाउँपालिका– १ छिडिनताका मंगल्या कार्कीले बताए । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिहं कार्कीलाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाई नभएको कार्कीले बताए ।

२ सय ५ घरधुरी भएको छिडिनाता स्थानीयहरूले बिरामी हुँदा औषधि उपाचार गर्ने पैदल जैर स्वास्थ्यचौकी दुई घण्टा र निजी मेडिकल भएको बालुकुना तीर्थ सैना पुग्न तीन घण्टाको समय खर्चिन बाध्य भएको स्थानीय रामबहादुर शाहीले बताए ।

जसका कारण स्थानीयलाई सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको समय पनि सामान्य सिटामोलसमेत पाउन मुस्किल भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ