२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


सुर्खेत -बाजुराबाट दुई जना गर्भवतीको हवाई उद्दार गरेर सुर्खेत ल्याइएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार सुर्खेत ल्याइएको हो ।

बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताए ।

‘खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको हो,’ उनले भने,‘गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको हो ।’

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको डा. शाहले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ