२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा भेटिए कुष्ठ रोगका २४ नयाँ बिरामी

कर्णालीमा भेटिए कुष्ठ रोगका २४ नयाँ बिरामी


वीरेन्द्रनगर—कर्णालीमा कृष्ठ रोगका २४ जना नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठ रोगका २४ जना नयाँ बिरामी फेला परेका हुन् ।

सुर्खेतस्थित साइनिङ अस्पताल आईएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेको जनाएको छ ।

नयाँ बिरामीमध्ये सुर्खेतका सात, दैलेख र जाजरकोटका तीन/तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई/दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगी बताए ।

‘शंका लागेर जाँच गराउन आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन्,’ उनले भने, ‘नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गराइएको छ ।’

अघिल्लो वर्ष ४३ जना नयाँ बिरामी फेला परेका थिए । अहिले छ महिनामै २४ जना नयाँ फेला परेपछि यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ बिरामी फेला पर्ने अनुमान गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ