२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहटाइएका स्वास्थ्यका कर्मचारी काममा फर्काउन माओवादी निकट कर्मचारी संगठनको माग

हटाइएका स्वास्थ्यका कर्मचारी काममा फर्काउन माओवादी निकट कर्मचारी संगठनको माग


जुम्ला—नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति जुम्लाले चन्दननाथ नगरपालिकाले हटाएका स्वास्थ्यका १० जना र अन्य दुई जना करार कर्मचारीलाई तत्काल काममा फर्काउन माग गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै मंसिर २३ को कार्यपालिका बैठकको निर्णयबाट हटाइएका करार कर्मचारीलाई काममा फर्काउन आग्रह गरेको संगठनका सचिव उत्तम देवकोटाले बताए ।

‘चन्दननाथ नगरपालिका कार्यपालिका जुम्लाको निर्णयानुसार माघ २० गतेका दिन करारका १२ जना कर्मचारी हटाईएको सन्दर्भमा यस नेपाल राष्ट्रिय कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ । विभिन्न चरणमा लिएका लिखित परीक्षामा समावेश भई प्रक्रियाअनुसार करारमा नियुक्त भएका केही कर्मचारीहरु मात्र हटाउनुमा नगरपालिकाको कुचेष्टा र बद्नियत भएको उसको दाबी छ ।

संगठनले कानुन बमोजिम करारमा भर्ना गर्न मिल्ने पद (माली, स्वीपर, ड्राइभर, कार्यालय सहयोगी तथा स्वीकृत दरबन्दीमा आवश्यक प्राविधिक)मा मात्र करारमा सेवा लिन सकिने व्यवस्था भएको दावी गरेको छ ।

तर, नगरपालिका जनप्रतिनिधिले आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न अनावश्यक भर्ना गरेको विद्यमान अवस्थामा सबै दरबन्दी लोकसेवा आयोगद्वारा पदपूर्ति गर्ने व्यवस्था कायम गर्न र तत्काल हटाइएका कर्मचारीलाई काममा फर्काउन उसले माग गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ