२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपूर्व राष्ट्रपति भण्डारीद्वारा महिला तथा बालबालिका अस्पतालको उद्घाटन

पूर्व राष्ट्रपति भण्डारीद्वारा महिला तथा बालबालिका अस्पतालको उद्घाटन


वीरेन्द्रनगर—पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गरेकी छन् । सोमबार उनले पाँच शैय्याको महिला तथा बालबालिका नगर अस्पताल उद्घाटन गरेकी हुन् ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको र महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताइन् ।

उनले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शैय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी पाँच सय शैयाँसम्म पु¥याउन आग्रह गरिन् ।

भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि गर्नुपर्ने लगानीको सर्वोपरी महत्व रहेको कुरामा उनले जोड दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ