२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया

हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया


वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिकामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

सर्केगाड गाउँपालिका र तिलगंगा नेत्र विज्ञान संस्थाको सहकार्यमा दुई दिन सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ५२ जनाको शल्यक्रिया गरिएको हो ।

शिविरमा ३९४ जनाको निःशुल्क आँखा परीक्षण भएको सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले बताए ।

तिलगंगा नेत्रविज्ञान संस्थानबाट डा. सुष्मा डुवालको नेतृत्वमा आएको टोलीले शिविरमा चेकजाँच गरेको बुढाथोकीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ