२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ झाडापखाला लागेकी महिलालाई सेनाको हेलिकप्टरद्धारा उद्धार

झाडापखाला लागेकी महिलालाई सेनाको हेलिकप्टरद्धारा उद्धार


वीरेन्द्रनगर – झाडापखला लागेर थलिएकी जाजरकोटका एक जना महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सोमबार बिहानदेखि जाजरकोट कुशे गाउँपालिका–४ तम्ती बस्ने बर्ष ५२ की जलुका शाही थप उपचारका लागि उद्धार गरिएको हो ।

झाडापखाला लागी स्वास्थ्य चौकी अर्छाने जाजरकोटमा ल्याई उपचार भई रहेकोमा बिरामीको अवस्था जटिल भएको हुँदा नेपाली सेनाको हेलिकप्टरद्धारा मंगलबार दिउँसो उद्धार गरेर थप उपचारका लागि प्रादेशिक अस्पताल कालगाउँ सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ