२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुम पश्चिम अस्पतालमा ब्लड बैंक स्थापना भएपछि सहजता

रुकुम पश्चिम अस्पतालमा ब्लड बैंक स्थापना भएपछि सहजता


वीरेन्द्रनगर—रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाले सहजता आएको छ । जिल्ला अस्पतालमा उपचार गराउन आउनेहरूलाई रगत आवश्यकता परेको खण्डमा समस्या भइरहेकामा गत वर्ष ब्लड बैंक स्थापना भएपछि भने हाल सजिलो भएको हो ।

विभिन्न कारणले रगत चढाउनुपर्ने बिरामीलाई ब्लड बैंकले सहज बनाएको हो । जिल्ला अस्पतालमा २०८० कार्तिक १३ गते ब्लड बैंक स्थापना भएको थियो । यसमा रूपान्तर नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायतले सहयोग गरेका छन् ।

जिल्लामा ब्लड बैंक स्थापना भएदेखि हालसम्म ९३ जनाले रगत दान गरेका छन् । केही स्वतस्फूर्त रक्तदान गर्नेहरू छन् भने अधिकांश बिरामीलाई आवश्यक परेपछि रक्तदान गर्नेहरू छन् । हालसम्म ९३ जनाले रक्तदान गरेकामा ९० जना बिरामीलाई रगत दिइएको ब्लड बैंकका ल्याब टेक्निसियन पुष्कर केसीले बताए ।

‘चालु आर्थिक वर्षको साउन महिनामा मात्र १२ जनाले रक्तदान गरिसकेका छन्,’ उनले भने, ‘जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएपछि धेरै नै सजिलो भएको छ ।’

केही मात्रामा हामीसँग रगत स्टक हुन्छ, स्टक सकिएको वा नभएको अवस्थामा हामीसँग धेरै रक्तदाताहरूको रेकर्ड छ त्यसबाट समय पुगेकाहरूलाई रक्तदानका लागि अनुरोध गर्ने गरेको केसीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ