२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी

एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी


वीरेन्द्रनगर—जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी सिन्धु बोहरा कर्णाली प्रदेशकै उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी छन् । विश्व एड्स दिवसको अवसरमा बोहरा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र काठमाडौंले बोहरालाई उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा सम्मानित गरेको हो ।

हेल्थ असिस्टेन्ट बोहरा जिल्ला अस्पताल रुकुम पश्चिमको सल्लेमा एआरटी काउन्सिलरका रूपमा कार्यरत छन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतको सिफारिसमा उनलाई विश्व एड्स दिवसको अवसरमा सम्मानित गरिएको हो ।

प्रत्येक प्रदेशका एक—एक जना उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित हुँदा बोहरा कर्णाली प्रदेशबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ