२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लगाइने

कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लगाइने


वीरेन्द्रनगर—कर्णाली प्रदेशका १ लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लागाइने भएको छ । १० वटा जिल्लाका किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप दिइने भएको हो ।

जुम्लाका ८ हजार ८ सय २९ जना, मुगुका ४ हजार ३७९ जना, डोल्पा २ हजार ६४१ जना, हुम्लाका ३ हजार ७३६ जना, कालिकोट ११ हजार ९२३ जना, रुकुमपश्चिम १२ हजार १ सय ६ जना, सल्यानमा १४ हजार ५१३ जना, सुर्खेत २८ हजार ३४० जना, जाजरकोट १५ हजार ९५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरीसहित कुल १ लाख २० हजार ५१० जना किशोरी खोप दिइने भएको छ ।

नियमित खोपको लक्षित समूहतर्फ कर्णाली प्रदेशभर २१ हजार ६५७ छन् । अभियानको लक्षित समूह कक्षा ७–१० सम्म किशोरीहरु ७९ हजार १३४ जना र विद्यालय नजाने ११–१४ वर्षका किशोरी १९ हजार ७१९ छन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर ९८ हजार ८५३ जना किशोरीलाई एचपीभी खोप दिइनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ